भारतमा कोरोना भाइरसले भयावह स्थिती बनाएको छ । हरेक दिन लाखौं संक्रमित थपिदै आएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा मात्र भारतमा २ लाख ७५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै उक्त अवधिमा १ हजार ६२५ जनाले यसको संक्रमणबाट ज्यान गुमाएका छन् ।
हालसम्म संक्रमितको संख्या १ करोड ५० लाख ५७ हजार ७६७ पुगेको छ । मृतकको संख्या १ लाख ७८ हजार ७९३ पुगेको छ । यस्तै १ करोड २९ लाख ४८ हजार ८४८ संक्रमित निको भएका छन् । सक्रिय संक्रमितको संख्या १९ लाख ३० हजार १२६ पुगेको छ ।