बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एस्ट्रिक टेक्नोलोजी, एक नयाँ उदयमान गेम डेभलपमेन्ट कम्पनीले World War 4 – Endgames सार्वजनिक

शुक्रबार, बैशाख ३ २०७८

एस्ट्रिक टेक्नोलोजी, एक नयाँ उदयमान गेम डेभलपमेन्ट कम्पनीले World War 4 – Endgames आज एन्ड्रोइड प्लेटफर्ममा Google Play Store  मार्फत सार्वजनिक गरेको छ । 

World War 4 – Endgames  एउटा यस्तो गेम हो जसमा २०३० को समयको परिकल्पना गरिएको छ, जुनबेला तेस्रो विश्वयुद्ध सकिसकेको हुन्छ र जहाँ युद्धले मानवता नै हराउने अवस्थामा पुगिसकेको हुन्छ । 
 
त्यस अवस्थामा विश्वमा केबल ८ शक्तिशाली राष्ट्रको परिकल्पना गरिएको छ जसमा अमेरिका, बेलायत, संयुक्त यूरोप, संयुक्त मिडल इस्ट, चीन, भारत, जापान र रुस छन् । र उनीहरु पनि अझै संयुक्त सरकारको लागि लडिरहेका हुन्छन् । 

ww4.JPG

गेममा खेलाडीले एक विश्व युद्धमा बाँचेका व्यक्तिको भूमिका निर्वाह गर्नुपर्नेछ जहाँ उसले प्रत्येक ४ घण्टामा एक पटक काम गर्न पाउनेछन्, प्रत्येक २ घण्टामा एक पटक तालिम लिन पाउनेछन् । गेममा व्यापारी, सेना, श्रमिक र राजनीतिज्ञ गरी ४ करियर मोड उपलब्ध छन् । खेलाडीले हरेक ७ दिनमा फरक फरक करियर छनौट गर्न पाउनेछन् ।
खेलाडीले कच्चा पदार्थ तथा विभिन्न वस्तु उत्पादन गर्न, आयात/निर्यात गर्न, शेयर बजारमा लगानी गर्न, शक्ति तथा हतियार संकलन गर्ने र अन्ततः सम्पूर्ण विश्वमा आफ्नो मुलुकको प्रभुत्व स्थापना गर्न लड्नुपर्नेछ ।

गेमको मुख्य विशेषतास्
१     प्रत्येक १०० दिनको एक सिजन
२     विश्वमा प्रभुत्व कायम गर्न समूह व्यवस्थापन र टिम वर्कको विकास
३     आर्थिक प्रभुत्वको लागि विभिन्न स्रोतहरुको उचित व्यवस्थापन
४     वास्तविक बजार तथ्याङ्कमा आधारित स्टक मार्केट

यो गेम Download गर्ने लिंक

 https://play.google.com/store/apps/details?id=com.worldwar4endgames.ENDGAME

यो गेममा सीमित समयको लागि $5 मूल्य हाराहारी पर्ने 50 Gold फ्रीमा प्रदान गरिनेछ ।