बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

 नेपालमा मृगौला सम्बन्धि विशेषज्ञ सेवा छिटै प्रारम्भ हुने

बिहिबार, फाल्गुन २७ २०७७

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौला सम्बन्धि विशेषज्ञ सेवा छिटै प्रारम्भ हुने बताएकाछन । विश्व मृगौला दिवसका अवसरमा राजधानीमा आज विहान आयोजित चेतनामुलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले छिटै त्यस्तो केन्द्र स्थापना गर्न मृगौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा. दिव्या सिंह शाह सहितका विज्ञहरु क्रियाशिल रहेको जानकारी दिए ।  

kp6.JPG
‘मृगौलालाई रोगहरुबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपण सहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ, दुई पटक मृगौला प्रत्यारोपण गरिसकेका प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘मृगौला रोगको साथमा स्वस्थ्य जीवन’को नारासहित आज नेपाल सहित विश्वभर मृगौला दिवस मनाईदैछ ।
‘हाम्रो खानपिन वा हाम्रो दैनिकमा मृगौलालाई असर पार्न खानपीन वा व्यवहार के हो ? र त्यसबाट कसरी जोगिने जस्ता कुराहरुलाई ध्यानदिन जरुरी छ’, प्रधानमन्त्रीको भनाई थियो । उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने हाम्रो कुरा हो ।  यो रोग जसलाई पनि हुन सक्ने भएकोले सबै जना सजग हुनुपर्ने  समेत प्रधानमन्त्रीले बताए ।  

kp1.JPG
पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यस सम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गराए । ‘केही मानिसहरुले मलाई ‘बाहिर गएर उपचार गरायो’ भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ’, उनको भनाई थियो । 
मृगौला रोग जस्तो जटिलताबाट बच्न स्वस्थ्य जीवनयापनका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यसबारेका प्रचारलाई अझ थप व्यापक बनाउनुपर्नेमा पनि जोड दिए । प्रधानमन्त्री ओली सम्बोधन पश्चातको प्रभातफेरीमा पनि सहभागी भएका थिए ।

kp.JPG

kp8.JPG

kp5.JPG 

kp4.JPG

kp3.JPG

kp2.JPG