बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कतार एयरवेज समूहले अन्तर्राष्ट्रिय महिला दिवस मनाउँछ

बुधबार, फाल्गुन २६ २०७७

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमाकतार एयरवेजले यस कम्पनीको सफलतामा अतुलनीय योगदान पु-याउने सम्पूर्ण महिला कर्मचारीहरुको कदर गरेको छ । कतार एयरवेजको अलदर्ब कताराइजेशन कार्यक्रम अन्तर्गत ३०० भन्दा बढी कतारी महिलाहरुले हालसम्म कतार एयरवेजसँग कार्यरत हुँदै एयरलाइनको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 
२०१५ मा १०० कतारी महिलाहरुबाट सुरुवात भएको यस कताराइजेशन कार्यक्रमबाट हाल ३०० भन्दा धेरै महत्वाकांक्षी महिलाहरु कार्यरत छन् । कार्यक्रमले उनीहरुलाई विशेष अवसर प्रदानगर्दै महत्वपूर्ण शिक्षा तथा तालिम समेत प्रदान गर्दछ ।