बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

चक्रपथका यी स्थानमा आकाशे पुल बन्दै

बिहिबार, माघ २९ २०७७

काठमाडौं । चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा तीनवटा आकाशे पुलको निर्माण सुरु गरिएको छ । चक्रपथको बल्खु, महालक्ष्मीस्थान र सानेपामा आकाशे पुल निर्माण सुरु गरिएको काठमाडौं चक्रपथ सुधार आयोजनाका प्रमुख अर्जुन सुवालले जानकारी दिए । 

ठेक्का सम्झौता भएको दुई वर्षपछि चक्रपथको तीन ठाउँमा आकाशे पुल निर्माण हुन लागेको हो । यसअघि चीन सरकारको सहयोगमा कोटेश्वर, ग्वार्को र बागडोलमा सम्झौताअनुसारको आकाशे पुल निर्माण भइसकेको छ । आजको गोरखापत्र दैनिकबाट