म्यानमारमा सैन्य कू का विरुद्ध प्रदर्शन चर्किएको चार दिन भइसकेको छ । केही युवा प्रदर्शनकारीहरु देशको परम्परागत विरोध भन्दा अलग देखिएका छन्।
उनीहरु फरक फरक ढंगबाट विरोध प्रदर्शन गरिरहेका छन्। नयाँ पिँढीले गरिरहेको प्रदर्शनमा व्यंग्यात्मक भाव बोकेका प्लेकार्ड र ब्यानरहरु देखिन्छन्।
म्यानमारको सेनाले बिनाकुनै प्रमाण गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ। यो चुनावमा आङ साङ सूकीको पार्टीले अत्याधिक बहुमतले विजय हाँसिल गरेको थियो ।
मलाई डिक्टेटरशिप (तानाशाही) होइन मात्र एक ब्याईफेन्ड चाहियो
नयाँ पिँढी र २१ औँ सताब्दीको नाताको सम्बन्ध संस्कृति पोष्टर तथा ब्यानरमा देखिएको छ । एक सन्देशमा लेखिएको छ, ‘मलाई डिक्टेटरशिप (तानाशाही) होइन मात्र एक ब्याईफेन्ड चाहियो।’
अर्काे एक सन्देशमा लेखिएको छ ‘म्यान्मारको सेना मेरो पूर्व पार्टनर भन्दा पनि खराब छ ।’

म्यान्मारमा भएको यो प्रदर्शन सन २००७ मा तथाकथित केससिरया क्रान्तिपछिको सबैभन्दा ठूलो प्रदर्शन भनिएको छ । देशका कतिपय शहरमा दशौँ हजार मानिसहरु सडकमा उत्रेका छन्।

सोमबार प्रहरीले प्रदर्शनकारीहरुमाथि सामान्य बल प्रयोग गरेको थियो । कतिपय प्रदर्शनकारीहरुले व्यंग्यात्मक ढंगले सैन्य कूको विरोध गरेका छन्। केही सन्देशमा सेनाले नयाँ पुस्तासँग ‘पंगा’ लिएको भनिएको छ।
