बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

बिहिबार, माघ १५ २०७७

काठमाडौं  । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । 

चाँदीको मूल्य पनि बुधबारको तुलनामा रु ५ घटेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।