बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसको सहकार्यमा कर्पोरेट–पे सेवा सुचारु

बिहिबार, माघ १५ २०७७

काठमाडौ, बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै विद्युतिय कारोबार गर्न सक्ने कर्पोरेट पे प्रणालीको सुरुवात गरेको छ । उक्त सेवा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराएको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख सुचना अधिकारी महेश मिश्र तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख संचालन अधिकृत मुन्नी राजभण्डारीले हस्ताक्षर गरेकाछन । 
बैंकको आफ्ना संस्थागत ग्राहकहरुलाई डिजिटल माध्यमबाट रकम स्थानान्तरण, तलब व्यवस्थापन, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सकिने छ । उक्त प्रणाली मार्फत कनेक्ट आईपिएस र वा एनसिएचएल आईपिएस भुक्तानी कारोबारहरु गर्न सकिने सुविधा रहेको छ । यो प्रणाली सुचारु गरेपश्चात् बैंकको संस्थागत ग्राहक महानुभावहरुले तोकिएको कारोबार सीमा भित्र सबै आवश्यक भुक्तानीहरु गर्न सक्नेछन । 
संस्थागत ग्राहकहरुले यस सेवा सुचारुको लागि आवश्यक प्रकृया पुरा गरी बैकमा आवेदन दिनुपर्नेछ । साथै, ग्राहकहरुले आफ्ना आवश्यकता बमोजिम यो प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु समेत आबद्ध गरी कारोबार गर्न सकिने सुबिधा रहेको छ । यस प्रणालीको प्रयोगले बैंकको शाखा कार्यालयहरुमा नपुगी विभिन्न बैकिङ्ग कारोबारहरु चेकको प्रयोग नगरी अनलाईनको माध्यमबाट नै गर्न सकिने हुदाँ संस्थागत ग्राहकहरुलाई सजिलो हुने विश्वास बैंकले लिएको छ । 
यो प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टी लेयर अथेन्टीकेशनको व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहकहरु आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरीएको छ । बैंकले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।