बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

टोखास्थित फ्रेण्डशिप फाउन्डेशन नेपाललाई सिद्धार्थ बैंकको दुई लाख सहयोग

सोमबार, माघ ५ २०७७

काठमाडौँ–सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको टोखास्थित फ्रेण्डशिप फाउन्डेशन नेपाललाई आईतबार सामाजिक उत्तरदायित्व अन्तर्गत दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

सो रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले फ्रेण्डशिप फाउन्डेशन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई हस्तान्तरण गरेका हुन्।

बैंकबाट प्राप्त सो रकम फ्रेण्डशिप फाउन्डेशन नेपालले गण्डकी प्रदेशको गोरखा सिरानचोक गाँउपालिका वडा नं. १, केराबारी स्थित शिला रेग्मी ९आत्रेय० सामुदायिक पुस्तकालयको भवन निर्माण गर्नका लागि उपयोग गर्नेछ।

विभिन्‍न सामाजिक परियोजनाका कार्यमा कार्यरत हुँदै आएको उक्त फाउन्डेशनलाई बैंकले प्रदान गरेको सो रकम सहयोगबाट त्यस क्षेत्रमा अध्ययनका लागि पुर्वाधारको निर्माण हुने र आवश्यक अध्ययन सामग्रीको लागि सजिलो पहुँच पुग्ने विश्वास बैंकको रहेको छ।

बैंकले हरेक आर्थिक वर्ष आफ्नो खुद नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले वित्तीय साक्षरता, वातावरण, शिक्षा, स्वास्थ्य, दुर्गम र विपन्न वर्ग समुदायको विकास, दैवी प्रकोप व्यवस्थापन, सांस्कृतिक प्रवर्धन, दिगो विकास आदि जस्ता क्षेत्रहरुमा सहभागिता जनाउँदै सकारात्मक परिवर्तनका लागि विभिन्न योगदान पुर्‍याउँदै आएको छ र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकले लिएको छ।