बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

यी ५८ किसिमका उद्योगलाई लकडाउनको विद्युत शुल्क छुट

सोमबार, माघ ५ २०७७

काठमाडौं- सरकारले चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसार उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिभरको विद्युत डिमान्ड शुल्क छुट दिने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले सोमबारबाट यो व्यवस्था कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो। 

औद्योगिक व्यवसाय निमयमावलीमा भएको व्यवस्थाअनुसार उत्पादनमूलक उद्योगको डिमान्ड शुल्क छुट दिने निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ। बैठकमा अर्थ, ऊर्जा र उद्योग मन्त्रालयका प्रतिनिधि तथा नेपाल विद्युत प्राधिकरकणका कायम-मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य उपस्थित थिए।

यी उद्योगले पाउँछन् छुट

  • सिमेन्ट उत्पादन गर्ने 
  • प्लास्टिकका सामान उत्पादन गर्ने 
  • इँटा-टायल उद्योग
  • आइरन रड उद्योग
  • ब्याट्री उत्पादन गर्ने उद्योग
  • रसायनिक मल कारखाना
  • अर्गानिक मल कारखाना
  • लुब्रिकेन्ट्स उद्योग
  • चिनी उद्योग
  • सख्खर उद्योग
  • राइस मिल
  • मैदा मिल
  • तेल मिल
  • दाल मिल
  • फ्रुट जुस उद्योग
  • सफ्ट ड्रिंक उद्योग
  • पशुपंक्षीका दाना उद्योग
  • एलोपेथिक औषधी उद्योग
  • आयुर्वेदिक औषधी उद्योग
  • पशुपंक्षीका ‍औषधी उत्पादन गर्ने उद्योग
  • एसिड, अल्काली र केमिकल उद्योग
  • मदिरा उत्पादन गर्ने कारखाना
  • बियर उत्पादन गर्ने कारखाना
  • वाइन र साइडर उत्पादन गर्ने कारखाना
  • स्प्रिट उत्पादन गर्ने कारखाना
  • अल्कोहोलिक ड्रिंक उत्पादन गर्ने उद्योग
  • चुरोट उत्पादन गर्ने उद्योग
  • बिँडी उत्पादन गर्ने उद्योग
  • सलाई उत्पादन गर्ने उद्योग 
  • मैनबत्ती र अगरबत्ती उत्पादन गर्ने उद्योग
  • प्रिफेब्रिकेसन सामान उत्पादन गर्ने  उद्योग
  • ग्रिल फलामका सामान उत्पादन गर्ने उद्योग
  • जस्तापाता उत्पादन गर्ने उद्योग
  • अन्य खाद्य प्रसोधन चाउचाउ, चिया र चिजबल्स उद्योग
  • गुट्खा पानमसला र सूर्तिजन्य वस्तु उत्पादन गर्ने उद्योग
  • इलेक्ट्रोनिक्स सामान उत्पादन गर्ने उद्योग
  • इलेक्ट्रिक सामान उत्पादन गर्ने  उद्योग
  • बिजुलीको तार उत्पादन गर्ने उद्योग
  • तारजाली उद्योग
  • साबुन स्याम्पु वासिङ पाउडर उद्योग
  • छाला प्रशोधन उद्योग 
  • ढुंगा क्रसर सञ्चालन गर्ने उद्योग
  • बालुवा प्रशोधन गर्ने उद्योग
  • रंगरोगन उत्पादन गर्ने  उद्योग
  • फोम उत्पादन गर्ने उद्योग
  • धागो कपडा रंगाई छपाइ गर्ने उद्योग
  • प्रिन्टिङ प्रेस
  • धुलाई गर्ने उद्योग
  • कागज पल्प उद्योग
  • स्टेसनरी सामान उत्पादन गर्ने उद्योग
  • चुनढुंगा प्रशोधन कारखाना
  • पानी प्रशोधन कारखाना
  • टायर ट्युब रबर उद्योग
  • बिटुमिन तथा बिटुमिन इमल्सन उद्योग
  • हाड, सिङ र खुरको रसायनिक प्रशोधन गर्ने उद्योग
  • काठ मिल र फर्निचर उद्योग
  • प्लाइउड कारखाना 
  • र, अन्य उत्पादनमूलक उद्योग