सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

काठमान्डु गोर्खाजले टस जित्यो, कर्णालीलाई पहिले ब्याटिङको निम्तो

सोमबार, कार्तिक १६ २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोजेपछि कर्णालीले पहिले ब्याटिङ गर्ने भएको हो ।

काठमान्डुले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । अष्ट्रेलियाका चर्चित खेलाडी डेभिड वार्नरले आज काठमान्डुको पहिलो रोजाइबाट खेल्दैछन् । उनी साम हिजलेटको स्थानमा टोलीमा आएका हुन् । यस्तै, सुमित महर्जन र हरिशंकर शाहको स्थानमा सन्तोष यादव र देव शाहले खेल्नेछन् ।

कर्णालीले भने एक खेलाडी परिवर्तन गरेको छ । बंगलादेशका अकबर अलीको स्थानमा जिशान अलाम पहिलो रोजाइमा खेल्दैछन् ।

कर्णालीले यसअघिका दुवै खेल जित्दै चार अंक जोडिसकेको छ । ऊ आज लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ ।

पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमान्डु भने आज पहिलो जितको खोजीमा हुनेछ ।

हेडिङलाई अझ क्लिकयोग्य बनाउनुहोस्दोहोरिएका वाक्य छोट्याएर समाचार कसिलो बनाउनुहोस्