सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

पत्रकारमाथि धरपकडको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न कांग्रेसको माग

सोमबार, कार्तिक १६ २०८३

काठमाडौं । नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकडको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेको हो । बैठकले घटनामा संलग्न व्यक्ति तथा प्रहरी परिचालनको आदेश दिनेहरूलाई समेत कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेसकी प्रमुख सचेतक बासना थापाले लोकतन्त्रमा सरकार संविधान र कानुनभन्दा माथि हुन नसक्ने बताउँदै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य नहुने धारणा राखिन् ।

कांग्रेसले स्पष्ट कानुनी आधार, पक्राउ पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गर्नु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब र विधिको शासनविपरीत भएको जनाएको छ ।

पत्रकारमाथि भएको धरपकडबारे सरकारले जवाफ दिनुपर्ने र दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने कांग्रेसको माग छ । साथै, घटनाको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न र प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न पनि कांग्रेसले माग गरेको छ ।

नाम र पद मिलाएर सच्याऊदोहोरिएको माग हटाएर छोट्याऊसमाचारको लिड अझ प्रभावकारी बनाऊ