सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिने

सोमबार, कार्तिक १६ २०८३

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२÷८३ को लेखापरीक्षण सम्पन्न वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ९ गतेदेखि २३ गतेसम्म सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जनाएको छ । बुक क्लोज हुनुअघि कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रस्तावित लाभांश कम्पनीको सम्बन्धित साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।