बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

परिवारसहित तीनदिने तीर्थाटनका लागि आज भारत जाँदै रवि लामिछाने

शुक्रबार, कार्तिक ६ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्दैछन्।

उनको निजी सचिवालयका अनुसार भ्रमणका क्रममा लामिछानेले परिवारसहित भारतको उत्तराखण्डस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।

तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी उनी कात्तिक ९ गते स्वदेश फर्किने सचिवालयले जनाएको छ।