बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

शनिबार, असोज ३१ २०८३

काठमाडौं । सरकारले पत्रकार किशोर श्रेष्ठलाई घरबाटै पक्राउ गरेको छ। पक्राउ परेपछि श्रेष्ठलाई साइबर ब्यूरो लैजाने जानकारी प्रहरीले दिएको छ।

प्रहरीले पक्राउ गरेलगत्तै नेपाल प्रेससँग टेलिफोन सम्पर्कमा आएका श्रेष्ठले आफूलाई साइबर ब्यूरो लैजान लागिएको बताएका छन्।

बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार बनेपछि श्रेष्ठ दोस्रोपटक पक्राउ परेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएका थिए। पन्तको परिवारले जग्गा कब्जा गरेको सम्बन्धमा प्रकाशित समाचारपछि उनले जाहेरी दिएको बताइएको छ।

यद्यपि, श्रेष्ठलाई सोही जाहेरीका आधारमा पक्राउ गरिएको हो वा अन्य कुनै जाहेरीका आधारमा भन्नेबारे प्रहरीले स्पष्ट जानकारी दिएको छैन।