बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि र अजयबाबुको अग्रता

मंगलबार, असोज २७ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी छ। दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा ६ हजार १८८ मत गणना हुँदा रामहरि खतिवडाले अग्रता लिएका छन्।

हालसम्मको मतपरिणामअनुसार खतिवडाले २ हजार ५८३ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका अजयबाबु शिवाकोटीले १ हजार ९२२ मत पाएका छन्।

त्यस्तै, डिल्लीराम सुवेदीले १ हजार ६१९, देवेन्द्रराज कँडेलले १ हजार १९५, राजीव ढुंगानाले १ हजार ७७, विकास कोइरालाले १ हजार ८ र अमृतकुमार अर्यालले ९१३ मत प्राप्त गरेका छन्।

यसैगरी, रमेशप्रसाद धमलाले ७०३ र विमलराज क्षेत्रीले २५५ मत पाएका छन्।

सहमहामन्त्री खुलातर्फ दुई पदका लागि प्रतिस्पर्धा भइरहेको छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।