काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित भएका छन्।
कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाही पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।
कांग्रेसको मिडिया सेन्टरले सहमहामन्त्री (पिछडिएको क्षेत्र) को अन्तिम मतपरिणामअनुसार शाही निर्वाचित भएको पुष्टि गरेको छ।
यद्यपि, केन्द्रीय निर्वाचन समितिले भने उनको निर्वाचनसम्बन्धी औपचारिक अन्तिम परिणाम घोषणा गरिसकेको छैन।