बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पोखरा स्कुल बस दुर्घटना : पाँच जनाको मृत्यु, चारको पहिचान खुल्यो

शुक्रबार, असोज २३ २०८३

पोखरा । कास्कीको पोखरामा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु भएका पाँच जनामध्ये चार जनाको पहिचान खुलेको छ। मृतकमा तीन विद्यार्थी र एक ६५ वर्षीय पुरुष रहेका छन्।

पहिचान खुल्नेमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीया सुवेच्छा तिवारी रहेका छन्। अर्का मृतक अन्दाजी १५ वर्षीया बालिकाको पहिचान खुल्न बाँकी रहेको छ।

शान्ति मैदानस्थित कालिका बोर्डिङ स्कुलको बस पोखरा महानगरपालिका–२८ माझठानाबाट फर्किने क्रममा ओख्लेभीरमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परेकाहरूलाई उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो।

अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार दुर्घटनामा परेका १७ जनालाई अस्पताल ल्याइएकामा पाँच जनालाई मृत अवस्थामा ल्याइएको थियो। बाँकी १२ जनाको उपचार भइरहेको छ। तीमध्ये १६ वर्षीया अस्मी कँडेलको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको अस्पतालले जनाएको छ।

उपचाररत अन्य घाइतेमा १३ वर्षीया सोनिया तिवारी, १४ वर्षीया स्नेहा खत्री, १३ वर्षीय अंकित पराजुली र १५ वर्षीया स्मृति खत्री रहेका छन्।

त्यसैगरी, १४ वर्षीया सुप्रिया आचार्य, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, ३१ वर्षीय अर्जुन शाही, १६ वर्षीय यमन मगर र ५७ वर्षीय तुलबहादुर गुरुङको पनि उपचार भइरहेको छ।

दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।