बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पोखरामा स्कुल बस दुर्घटना : १८ जनाको उद्धार, १६ जना अस्पतालमा

शुक्रबार, असोज २३ २०८३

पोखरा । पोखरामा स्कुल बस दुर्घटना हुँदा हालसम्म १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये १६ जनालाई अस्पताल पुर्‍याइएको छ भने दुई जनालाई अस्पताल लैजाने क्रम जारी रहेको छ।

कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार पोखरा महानगरपालिका–२८ माझठानाबाट विद्यार्थी लिएर कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको बस ओख्लेमा दुर्घटनामा परेको हो।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। अहिले प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका विद्यार्थीलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतका स्वास्थ्य संस्थामा पठाइएको छ।

बसमा कति जना विद्यार्थी सवार थिए भन्ने यकिन विवरण प्राप्त भइनसकेको सूचना अधिकारी पासवानले बताए। उद्धार कार्य जारी रहेकाले घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

दुर्घटनाको कारण र बसमा सवार विद्यार्थीको यकिन संख्याबारे थप विवरण आउन बाँकी छ।