बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एमाले स्थायी कमिटी बैठक सुरु

बिहिबार, असोज २२ २०८३

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो।

पूर्वराष्ट्रपति एवं एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि वरिष्ठ नेताका रूपमा पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी भएकी छन्।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आगामी कार्यदिशा तथा सांगठनिक गतिविधिबारे छलफल हुने बताइएको छ। आगामी स्थानीय तह निर्वाचनको तयारीका विषयमा समेत छलफल हुने एमालेले जनाएको छ।