बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेस महाधिवेशन : सभापतिकाे उम्मेदवारी शुल्क ४० हजार, अरुकाे कति ?

सोमबार, असोज १९ २०८३

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि पदअनुसार शुल्क तथा प्रस्तावक र समर्थकको संख्या तोकिएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सभापति पदमा उम्मेदवारी दर्ता गराउन १० जना प्रस्तावक र १० जना समर्थक आवश्यक पर्नेछ । सभापति पदका लागि उम्मेदवारी शुल्क ४० हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ । सहमहामन्त्री पदका लागि २० हजार तथा केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।

महाधिवेशनको निर्वाचन प्रक्रिया असोज २२ गते मतदानसँगै सम्पन्न हुनेछ । निर्वाचन समितिका अनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।