बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रधानमन्त्रीको स्टाटसमा रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए

सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाए

सोमबार, असोज १९ २०८३

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीलाई लिएर जेनजी अभियन्ता रक्षा बमले व्यंग्यात्मक जवाफ दिएकी छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा भएको राजनीतिक गतिविधिलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री शाहको उक्त टिप्पणीपछि जेनजी अभियन्ता बमले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक शैलीमा जवाफ दिएकी हुन् ।

बमले लेखेकी छन्, ‘धन्न जेनजीहरूले आन्दोलन गरिदिएर, रगत बगाइदिएर, घाइते र सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।’

उनको टिप्पणी प्रधानमन्त्री शाहलाई लक्षित देखिन्छ । बमले जेनजी आन्दोलनका क्रममा युवाहरूले गरेको संघर्ष तथा बलिदानको प्रसंग उल्लेख गर्दै आन्दोलनपछि राजनीतिक नेतृत्वमा पुगेकाहरूको राजनीतिक संस्कारमाथि प्रश्न उठाएकी छन् ।

प्रधानमन्त्री शाहको टिप्पणी र त्यसपछि बमको जवाफसँगै सामाजिक सञ्जालमा दुवै पक्षबीचको राजनीतिक बहस थप चर्किएको छ ।