बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

दाउन्ने बस दुर्घटना : मृ*त्यु भएका ६ जनामध्ये पाँच जनाको पहिचान खुल्याे

शनिबार, असोज १७ २०८३

परासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये पाँच जनाको पहिचान खुलेको छ । एक मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताए ।

पहिचान खुलेका मृतकमा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँकेको कोहलपुर नगरपालिका–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगन्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया रहेका छन् ।

प्रहरीका अनुसार पहिचान खुल्न बाँकी मृतक अन्दाजी ४० देखि ४२ वर्ष उमेरका पुरुष हुन् ।

घाइतेको मध्यबिन्दु प्रादेशिक अस्पताल, डन्डा र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार शनिबार बिहान करिब ४ बजे पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा बस दुर्घटनामा परेको हो । नेपालगन्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा खसेको प्रहरीले जनाएको छ ।