बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

काठमाडौंका मुख्य सहरी क्षेत्रमा आज र भोलि ७ घण्टासम्म विद्युत् कटौती

शनिबार, असोज १७ २०८३

काठमाडौं । काठमाडौंका मुख्य सहरी क्षेत्रमा आज र भोलि लामो समयसम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले शनिबार सूचना जारी गर्दै थापाथली, त्रिपुरेश्वर, बबरमहल, सुन्धारा, रानीपोखरीलगायतका क्षेत्रमा ३ घण्टादेखि ७ घण्टासम्म विद्युत् कटौती हुने जनाएको हो ।

प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रअन्तर्गतका केही फिडरबाट सुन्धारा स्विचिङ स्टेसनमा लोड सिफ्ट गर्ने कार्यका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।

प्राधिकरणले विद्युत् कटौती हुने क्षेत्र र समय फरक–फरक रहेको जनाएको छ । निर्धारित कार्य सम्पन्न भएपछि सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति नियमित हुने प्राधिकरणको भनाइ छ ।