काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ।
मन्त्रालयको निर्णयअनुसार थापालाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो। नियुक्तिसँगै उनको नेतृत्वमा वैद्यखानाको संस्थागत व्यवस्थापन, आयुर्वेदिक औषधिको उत्पादन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
वैद्यखानाको व्यवस्थापन सुधार, उत्पादन प्रणालीलाई व्यवस्थित गर्ने तथा आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँच विस्तारमा नयाँ नेतृत्वले भूमिका खेल्ने मन्त्रालयले जनाएको छ।