बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता, ५५ वर्षमै अनिवार्य अवकाशको प्रस्ताव (हेर्नुहोस् पूर्णपाठ)

बिहिबार, असोज १५ २०८३

काठमाडौँ । संघीय निजामती सेवासम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले संघीय निजामती सेवा विधेयक दर्ताका लागि प्रतिनिधिसभामा लगेकी हुन् ।

विधेयकमा ५५ वर्ष उमेर पुगेका वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव गरिएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ५५ वर्षमा अवकाश पाउने कर्मचारीलाई ५८ वर्षको सेवा अवधि मानेर पेन्सन सुविधा दिने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यस्तै, सरकारी सेवाबाट राजीनामा दिएपछि वा अवकाश पाएपछि अन्य सरकारी नियुक्ति लिन दुई वर्षको ‘कुलिङ पिरियड’ लागू गर्ने व्यवस्था पनि विधेयकमा राखिएको छ ।