काठमाडौँ । सरकारले संघीय संसद्को चालु अधिवेशन भोलि राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यसका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।
संघीय संसद्को चालु अधिवेशन २८ वैशाख २०८३ देखि सुरु भएको थियो । यस अधिवेशनबाट सरकारले ल्याएका बजेट तथा बजेटसँग सम्बन्धित कानुन पारित भएका छन् ।
त्यस्तै, संसद् अधिवेशन नरहेका बेला सरकारले जारी गरेका अध्यादेशसमेत चालु अधिवेशनबाट स्वीकृत भएका छन् ।