बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कार्यकाल सकेर भारतीय राजदूत श्रीवास्तव आज स्वदेश फर्किँदै

बिहिबार, असोज १५ २०८३

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव चार वर्षभन्दा बढी समयको कार्यकाल पूरा गरी आज स्वदेश फर्किँदैछन् । श्रीवास्तवले सन् २०२२ जुन २५ मा नेपालका लागि भारतीय राजदूतका रूपमा कार्यभार सम्हालेका थिए ।

कार्यकाल पूरा गर्ने क्रममा श्रीवास्तवले राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री बालेन्द्र शाहसँग छुट्टाछुट्टै बिदाइ भेट गरेका छन् । भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हित तथा आगामी दिनमा सहकार्य निरन्तरता दिने विषयमा छलफल भएको थियो ।

राष्ट्रपति पौडेलसँगको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिले श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई दिँदै आगामी जिम्मेवारीका लागि शुभकामना दिएका थिए ।

प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा पनि नेपाल–भारत सम्बन्ध तथा सहकार्यका विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री शाहले हालैका बाढी, पहिरो तथा विपद्का घटनामा भारतले गरेको खोज तथा उद्धार सहयोगका लागि धन्यवाद दिँदै श्रीवास्तवको आगामी यात्राका लागि शुभकामना दिएका थिए ।