साताको तेस्रो कारोबार दिन बुधबार पनि नेप्से घटेको छ । अघिल्लो दिन नौं दशमलव ६२ अंकले घटेको नेप्से आज पुन चार दशमलव ८२ अंकले घटेर २५ सय ९८ दशमलव ८९ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव शुन्य दुई अंकले घटेर चार सय ६४ दशमलव ६३ अंंकमा पुगेको छ । तीन सय ५२ वटा कम्पनीहरुको ४७ हजार नौं सय पटकको कारोबारमा एक करोड २६ लाख ५५ हजार तीन सय ७४ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम चार अर्ब ७६ करोड ५१ लाख २७ हजार आठ सय ८५ रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा जलबिद्युत समुहको सुचक शुन्य दशमलव ७० अंकले बढेर तीन हजार पाँच सय ४८ दशमलव २३ अंंकमा पुगेको छ भने सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेको छ । बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ७९ अंकले घटेर १४ सय ९४ दशमलव शुन्य छ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव शुन्य तीन अंकले घटेर ११ हजार छ सय ९९ दशमलव ६२ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि १६ दशमलव १२ अंकले घटेर नौं हजार पाँच सय १२ दशमलव १४ अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिन्धु बिकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सानिमा ग्रोथ फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा घलेम्दी हाईड्रोपावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ।