नेप्से आज मंगलबार पनि घटेको छ । अघिल्लो दिन १६ दशमलव ४७ अंकले घटेको नेप्से आज पुन नौं दशमलव ६२ अंकले घटेर २६ सय तीन दशमलव ७१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य एक अंकले घटेर चार सय ६६ दशमलव ६५ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ६३ वटा कम्पनीहरुको ५१ हजार दुई सय ७४ पटकको कारोबारमा एक करोड १० लाख ६९ हजार ७४ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम चार अर्ब ६५ करोड ४८ लाख ७८ हजार ४५ रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर हुँदा निर्जीवन बीमा समुहको सुचक १० दशमलव ८८ अंकले बढेर नौं हजार पाँच सय २८ दशमलव २७ अंकमा पुगेको छ भने अन्य समुहको सुचक पनि बढेको छ । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव शुन्य तीन अंकले घटेर १४ सय ९९ दशमलव ८६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १८ दशमलव ७१ अंकले घटेर तीन हजार पाँच सय ४७ दशमलव ५२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ४४ दशमलव ३८ अंकले घटेर ११ हजार सात सय ४१ दशमलव ६५ अंकमा पुगेकोमा बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि उच्च अंंकले घटेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आईसीएफसी फाईनान्सको ऋणपत्र २०८३ परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटिजन सुपर ३० म्यचुअल फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन डिष्ट्रिलरी लिमिटेड पहिलो स्थानमा परेको छ।