नेप्से घटेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से १६ दशमलव ४७ अंकले घटेर २६ सय १३ दशमलव ३३ अंकमा पुगेको छ भने क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३४ अंकले घटेर चार सय ६७ दशमलव ६७ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ५७ वटा कम्पनीहरुको ५८ हजार पाँच सय पटकको कारोबारमा एक करोड ३१ लाख ७८ हजार एक सय २८ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम पाँच अर्ब ३८ करोड ५७ लाख ८५ हजार चार सय १४ रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा व्यापार समुहको सुचक सात दशमलव ६६ अंकले बढेर बाँकी समुहहरुको सुचक भने घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ८७ अंकले घटेर १५ सय एक दशमलव ९० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३७ दशमलव १७ अंकले घटेर तीन हजार पाँच सय ६६ दशमलव २३ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि ९९ दशमलव १६ अंकले घटेर ११ हजार सात सय ८५ दशमलव ३१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय १६ दशमलव ४२ अंकले घटेर नौं हजार पाँच सय १७ दशमलव ३९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुमारी बैंक ऋणपत्र २०९० परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हाथ्वे इन्भेष्टमेन्ट कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ।