शाओमी नेपालले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘शाओमी किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक र बम्पर उपहार जित्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार योजनामा हरेक दिन ८ जना भाग्यशाली विजेताले २ हजार ४ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी बड्स ६ प्ले प्राप्त गर्नेछन् । त्यस्तै, हरेक साता १० जना विजेताले १० हजार ९ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी वाच ६ एक्टिभ पाउनेछन् । योजनाको बम्पर उपहारअन्तर्गत ४ जना भाग्यशाली विजेताले चार दिन पाँच रातको थाइल्यान्ड भ्रमण गर्ने अवसर पाउने कम्पनीले जनाएको छ।
योजनामा सहभागी हुन ग्राहकले नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गरी मोबाइलको आईएमईआई नम्बर +९७७ ९७०२६६५७९० मा ह्वाट्सएपमार्फत पठाउनुपर्नेछ। ग्राहकले आईएमईआई नम्बरअघि कम्पनीले तोकेको एमआई नम्वररुको ढाँचा प्रयोग गरी विवरण पठाउन सक्नेछन् । विजेताको छनोट लक्की ड्रमार्फत गरिनेछ भने विजेताको घोषणा शाओमी नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिने कम्पनीले जनाएको छ । यो योजना असोज ९ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ । योजनामा सहभागी हुने ग्राहकले कम्पनीले तोकेका नियम तथा सर्तहरू पालना गर्नुपर्नेछ।
चाडपर्वको अवसरलाई थप विशेष बनाउने उद्देश्यले ल्याइएको योजनामार्फत शाओमी नेपालले मोबाइल खरिद गर्ने ग्राहकलाई आकर्षक उपहारसँगै विदेश भ्रमणको अवसरसमेत उपलब्ध गराउन लागेको हो।