बागलुङ । बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको पहिरोमा पुरिएर मृत्यु भएको हो।
पहिरोमा पुरिएका उनीहरूको शव निकाल्ने क्रममा केहीबेरअघि थप तीन जनाको शव निकालिएको प्रहरीले जनाएको छ।
लगातारको वर्षासँगै पहिरो खसेपछि घर पुरिएको हो। घटनाबारे थप विवरण आउन बाँकी छ।