काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार बिहान ७ः५५ बजे नाम्सी खोला पुलमाथि लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
पहिरो पन्छाउन सडक डिभिजनले आवश्यक उपकरण परिचालन गरिसकेको जनाएको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन करिब २ घण्टा लाग्ने अनुमान गरिएको छ।
पहिरोका कारण सडकमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएकाले यात्रुलाई सावधानी अपनाउन र सडक खुल्ने अवस्थाबारे जानकारी लिएर यात्रा गर्न आग्रह गरिएको छ।