बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः प्रदेश सचिवदेखि हाइड्रोपावर सञ्चालक सदस्यसम्म नियुक्ति

बिहिबार, असोज ८ २०८३

कर्णाली  । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको संस्थागत तथा व्यवस्थापनसँग सम्बन्धित विभिन्न निर्णय गरेको छ।

वीरेन्द्रनगरमा बुधबार बसेको बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रिक्त प्रदेश सचिव पदमा डा. चन्द्रप्रसाद रिसाललाई कामकाजका लागि खटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्काले जानकारी दिए।

बैठकले कर्णाली प्रदेश निजामती सेवा ऐन, २०८० बमोजिम एघारौँ तह वा सोसरहको पदमा पदस्थापन गर्ने अधिकार मुख्यमन्त्रीलाई प्रत्यायोजन गर्ने निर्णयसमेत गरेको छ। उक्त निर्णयसम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिने प्रवक्ता खड्काले बताए ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको सचिवालयको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गरेको छ।

बैठकले कर्णाली प्रदेश सरकारका तर्फबाट जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, सुर्खेतमा कार्यरत योजना महाशाखा प्रमुख रमेश सुवेदीलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।