बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

पुन खुम्चियो नेप्से, ३६ अंकले घट्दा छ अर्ब ३५ करोडको शेयर किनबेच

बुधबार, असोज ७ २०८३

नेप्से पुन घटेको छ । अघिल्लो दिन सात दशमलव शुन्य छ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन बुधबार भने ३६ दशमलव २५ अंकले घटेर २६ सय १८ दशमलव शुन्य तीन अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ३३ अंकले घटेर चार सय ६७ दशमलव ४६ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ५२ वटा कम्पनीहरुको ५७ हजार नौं सय ४७ पटकको कारोबारमा दुई करोड १६ लाख २२ हजार सात सय २८ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम छ अर्ब ३५ करोड ६६ लाख ११ हजार तीन सय ९५ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै राताम्मै भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १८ दशमलव ५९ अंकले घटेर १४ सय ९७ दशमलव ८७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६० दशमलव ९९ अंकले घटेर तीन हजार पाँच सय ९८ दशमलव ६३ अंकमा पुगेको छ।

जीवन बीमा समुहको सुचक पनि दुई सय ४६ दशमलव ६५ अंकले घटेर ११ हजार आठ सय दशमलव ७९ अंकमा पुुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय २९ दशमलव ७८ अंकले घटेर नौं हजार छ सय ६६ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा धौलागिरी लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा फस्र्ट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट लिमिटेड पहिलो स्थानमा परेको छ।