एमजी मोटर नेपालले चाडपर्वलाई लक्षित गर्दै ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ । एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउण्ट मोटर्स नेपालले ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ नामक चाडपर्व अफर ल्याएको हो ।
असोज ६ गतेदेखि छठ पर्वसम्म लागू हुने योजनाअन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्ने कम्पनीले जनाएको छ । अफरमा ग्राहकले निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क रोड ट्याक्स, इजी एक्सचेन्ज र इजी फाइनान्स सुविधा समेत पाउनेछन् । कम्पनीका अनुसार अफरमा एमजी जेडएस हाइब्रिड प्लस, एमजी एस५ ईभी, एमजी साइबरस्टर, एमजी एस४ ईभी, एमजी एस५ ईभी र एमजी ४ लगायतका मोडल समावेश छन् ।
हालै नेपाली बजारमा सार्वजनिक गरिएको एमजी जेडएस हाइब्रिड प्लस आधुनिक हाइब्रिड प्रविधिसँगै प्रिमियम कम्फर्ट र प्रदर्शनका लागि तयार गरिएको कम्पनीको भनाइ छ । त्यस्तै, एमजी एस५ ईभी क्षमता र बहुउपयोगितालाई ध्यानमा राखेर तयार गरिएको इलेक्ट्रिक एसयूभी हो ।
कम्पनीले एमजी साइबरस्टरमा १८० किलोवाट मोटर, एडीएएस, इन्डिपेन्डेन्ट रियर सस्पेन्सन तथा ५३० किलोमिटरसम्मको रेन्ज रहेको जनाएको छ । त्यसैगरी, ग्राहकमाझ लोकप्रिय एमजी ४ ४३ लाख ९९ हजार रुपैयाँदेखि उपलब्ध रहेको र एडीएएस तथा इन्डिपेन्डेन्ट रियर सस्पेन्सनसहित आफ्नो सेग्मेन्टमा आकर्षक विकल्पका रूपमा प्रस्तुत गरिएको कम्पनीको दाबी छ । चाडपर्व अफरमार्फत ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार विभिन्न हाइब्रिड तथा विद्युतीय गाडीमध्ये उपयुक्त मोडल छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।
अफरमा सहभागी हुन तथा उपलब्ध मोडल, मूल्य र सुविधाबारे थप जानकारी लिन ग्राहकलाई आफ्नो नजिकको एमजी शोरुममा सम्पर्क गर्न पारामाउण्ट मोटर्स नेपालले आग्रह गरेको छ ।