नेप्से बढेको छ । साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्से सात दशमलव शुन्य छ अंकले बढेर २६ सय ५४ दशमलव २८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७१ अंकले बढेर चार सय ७३ दशमलव ७९ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ५६ वटा कम्पनीहरुको ६० हजार छ सय ९१ पटकको कारोबारमा दुई करोड १५ लाख ८९ हजार सात सय ६१ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम सात अर्ब पाँच करोड तीन लाख ९८ हजार छ सय २४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा छ वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । ति मध्ये फाईनान्स समुहको सुचक ११ दशमलव ८८ अंकले घटेर २२ सय ५५ दशमलव ६४ अंकमा झरेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई दशमलव ३९ अंकले घटेर नौ हजार सात सय ९५ दशमलव ७९ अंकमा झरेको छ । जलबिद्युत, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने पाँच दशमलव २९ अंकले बढेर एक हजार पाँच सय १६ दशमलव ४६ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ९८ दशमलव ८३ अंकले बढेर १२ हजार ४७ दशमलव ४४ अंकमा पुगेको छ । बिकास बैंक, लगानी, लघुवित्त र अन्य समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मिड सोलु हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्नो रिर्भस लिमिटेड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेड पहिलो स्थानमा परेको छ ।