बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी, चालक घाइते

सोमबार, असोज ५ २०८३

काठमाडौँ  । काठमाडौँको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार बसका चालकले आफैँ आगो लगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

आगलागीमा परी घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको एसएसपी घिमिरेले जानकारी दिए।

चालकले के–कति कारणले बसमा आगो लगाएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

आगलागी भएको बस र चालकको विस्तृत विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।