बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी पुनरावलोकन निवेदन अध्ययन गर्न सर्वोच्चमा पूर्ण इजलास गठन

बिहिबार, साउन २१ २०८३

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथि अध्ययन गर्न सर्वोच्च अदालतले तीन सदस्यीय पूर्ण इजलास गठन गरेको छ।

सर्वोच्च अदालतले प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल रहेको पूर्ण इजलास गठन गरेको हो।

उक्त इजलासले बिहीबार पुनरावलोकन निवेदनको अध्ययन गर्नेछ। प्रारम्भिक अध्ययनपछि पुनरावलोकनका लागि अनुमति दिने वा नदिने भन्ने विषयमा आदेश जारी गरिनेछ।

सर्वोच्चका अनुसार यस चरणमा खुला इजलासमा सुनुवाइ हुने छैन। न्यायाधीशहरूले चेम्बर (कार्यकक्ष)मै बसेर निवेदनको अध्ययन गरी पुनरावलोकनको अनुमति हुने वा नहुने भन्ने निर्णय गर्नेछन्।