बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेसले नमानेपछि प्रदेशमा एमाले–नेकपा सहकार्य : शंकर पोखरेल

बुधबार, साउन २० २०८३

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसले सहकार्य गर्न नमानेपछि प्रदेशमा नयाँ राजनीतिक समीकरण बनाउनुपरेको बताएका छन् ।

आज दाङमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले एमाले, कांग्रेस र नेकपाबीच मिलेर अघि बढ्ने आफ्नो प्रस्ताव कांग्रेसले अस्वीकार गरेपछि एमाले र नेकपाबीच मात्रै प्रदेश सरकार निर्माणका लागि सहकार्य भएको बताए ।

“हाम्रो सोच तीनवटै पार्टी मिलेर जाऔँ भन्ने थियो। कांग्रेसले तीन पार्टी मिल्ने कुरामा सहमति जनाएन, हामीसँग सहकार्य गर्न पनि मानेन,” उनले भने, “त्यस्तो अवस्थामा एमाले र नेकपाबीच प्रदेश सरकार बनाउने विषयमा सहमति भएको हो।”

पोखरेलले अहिले पनि कांग्रेस सहकार्यका लागि तयार भए एमाले र नेकपा सहकार्य गर्न तयार रहेको बताए ।

उनले प्रदेश सरकारमा कांग्रेसका मुख्यमन्त्रीहरूले एमालेका मन्त्रीहरूलाई समेत जानकारी नदिई बर्खास्त गर्ने गरेको आरोप लगाए । कांग्रेसको यस्तो व्यवहारका कारण प्रदेशमा राजनीतिक सहकार्यको वातावरण बिग्रिएको उनको भनाइ थियो।