बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एनआईसी एशिया बैंकको २८ औं वार्षिक साधारण सभा सम्पन्न

मंगलबार, जेष्ठ १९ २०८३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले सोमबार काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले आर्थिक वर्ष २०८१÷८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी बैंकको तत्काल कायम गरेको साधारण सेयरको चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न सभाले स्वीकृति प्रदान गर्नुको साथै अन्य विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई, जयन्त कुमार अग्रवाल र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारीलाई निर्विरोध निर्वाचित गरेको छ ।