बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

चालू आवमा अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान

बुधबार, जेष्ठ १३ २०८३

काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान सार्वजनिक गरेको छ । साथै प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार पाँच सय ३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै उक्त विवरण सार्वजनिक गर्नुभएको हो ।

सर्वेक्षणअनुसार कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशगत योगदानतर्फ बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी रहने प्रक्षेपण गरिएको छ ।

विश्व अर्थतन्त्र सन् २०२६ मा ३.१ प्रतिशतमा सीमित रहने अनुमान गरिए पनि प्रतिकूल अन्तर्राष्ट्रिय आर्थिक परिस्थितिका बीच नेपालको अर्थतन्त्र चालू आर्थिक वर्षमा ३.८५ प्रतिशतले विस्तार हुने अनुमान सरकारले गरेको छ ।

प्रदेशगत आर्थिक वृद्धिदरतर्फ बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहने आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।