काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला २ लाख ९२ हजार रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १२५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि प्रतितोला ४ हजार ९६० रुपैयाँ कायम गरिएको छ ।