काठमाडौ । नेप्से घटेको छ । अघिल्लो दिन ३८ दशमलव १९ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज मंगलबार ३९ दशमलव ४४ अंकले घटेर २७ सय ४४ दशमलव ४० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १५ अंकले घटेर चार सय ६८ दशमलव २६ अंकमा पुगेको छ । तीन सय ३८ वटा कम्पनीहरुको ६२ हजार पाँच सय १२ पटकको कारोबारमा एक करोड छ लाख ७८ हजार पाँच सय ५० कित्ता शेयर किनबेच भएका छन् भने आज कुल कारोबार रकम चार अर्ब ६६ करोड ५० लाख २० हजार छ सय ७७ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको छ । सो मध्ये सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । आज बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव १५ अंकले घटेर १४ सय ४७ दशमलव ५५ अंकमा पुुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ८७ दशमलव शुन्य चार अंकले घटेर तीन हजार आठ सय ३३ दशमलव शुन्य चार अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ६८ दशमलव ४८ अंकले घटेर १२ हजार चार सय ८४ दशमलव ८९ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ८४ दशमलव ४७ अंकले घटेर १० हजार आठ सय २६ दशमलव ८२ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज धौलागिरी लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा फष्र्ट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।