बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

गरिमा विकास बैंक “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६” बाट सम्मानित

मंगलबार, बैशाख २९ २०८३

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६” बाट सम्मानित भएको छ । न्यू बिजनेस एज लिमिटेडद्वारा मिति २०८३ बैशाख २५ गते, शुक्रबार काठमाडौंमा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा यस विकास बैंक “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६” अवार्डबाट सम्मानित भएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित अवार्ड वितरण समारोहमा आयोजकको तर्फबाट विकास बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरिएको हो । यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय एवं प्रविधिमैत्री सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप हौसला प्रदान गरेको छ । यस सुखद अवसरमा यस विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरु, शेयरधनी महानुभावहरु, सम्पूर्र्ण कर्मचारीहरु, नियमनकारी निकायहरु एवं शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं । बैकले बिज्ञप्ती जारी गर्दै भनेको छ ।

यस विकास बैंक भारतीय चेम्बर अफ कमर्शद्वारा अगष्ट २९, २०२५ मा आयोजित ईर्मजिङ् एसिया बैंकिङ् अवार्डमा द बेष्ट बैंक, बेष्ट एआई एमएल इम्प्लिमेन्टसन विधामा उत्कृष्ट सहित उत्कृष्ट सहित बेष्ट एमएसएमई एप्लीकेशन विधामा रनर अप र कर्पोरेट क्लब नेपालले फेब्रुअरी २५, २०२५ मा आयोजित अवार्ड समारोहमा द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सीलेन्स अवार्ड २०२४ बाट समेत सम्मानित भईसकेको छ ।

हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ् मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।