बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

गुरु ट्राभल्स र एनएमबी बैंकबिच सम्झौता

मंगलबार, बैशाख २९ २०८३

काठमाडौं । गुरु ट्राभल्स र एनएमबी बैंकबिच सम्झौता भएको छ । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेड तथा नेपालको बैंक तथा वित्तीय क्षेत्रमा सशक्त रूपमा स्थापित एनएमबी बैंकबीच व्यावसायिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो।

सम्झौता अन्तर्गत एनएमबी बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी बैंकको क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सक्ने इएमआई सुविधा उपलब्ध गराउनेछ । यस सुविधा अन्तर्गत ग्राहकले आफ्नो खरिद गरेको टुर प्याकेजको रकमलाई १२ महिना देखि १८ महिना सम्मको लचिलो अवधिमा मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ।

सम्झौतामा बैंकका ग्राहक तथा कर्मचारीहरुले गुरु ट्राभल्समार्फत विभिन्न ट्राभल प्याकेजहरुमा १० हजार रुपैंयाँसम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विशेष छुट र आकर्षक अफर प्राप्त गनैं कम्पनीले जानकारी दिएको छ । साथै, दुवै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका गतिविधिहरुमा आपसी सहकार्य गर्ने सहमति गरेका छन्