काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–४ लोलाङ हरियाली बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय १० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय ३२ ट्याब्लेट, डिजिटल तराजु १ थान र नगद ८६ हजार रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने नुवाकोट घर भएका २० वर्षीय सागर तामाङ समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले सागरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ कालुपाण्डेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ सय ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्ने २२ वर्षीय परिन लामा र काठमाडौं मनामैजु बस्ने गोरखा घर भएका १९ वर्षीय रमेश सुर्खेती रहेका छन् । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थली बस्ने रसुवा नौकुण्ड गाउँपालिका–२ घर भएकी २३ वर्षीया मिना तामाङलाई अवैध लागूऔषध गाँजा ३ सय ३० ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धर्मस्थलीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–३२ जडिबुटीबाट अवैध लागूऔषध गाँजा ४ सय ग्राम सहित सोही ठाउँ बस्ने ५२ वर्षीय राजेन्द्र खड्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–८ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका–१२ भैसही बस्ने १९ वर्षीय निर्मल थारू र २४ वर्षीय सरोज बिक रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतको शिवरात्रीपुरबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुर बाइपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ७० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका–२ पितमारी बस्ने २० वर्षीय सुनिल सुनारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतको लौकाही बजारबाट गणेशपुरतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङको कानेपोखरी गाउँपालिका–६ शिवशक्ति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय प्रज्वल राई समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँकेको बैजनाथ गाउँपालिका–५ बनकटवा बस्ने ३० वर्षीय गोबिन्द चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम र नगद ३ लाख ९५ हजार ८ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम सहित सुनसरी धरान उपमहानगरपालिका–३ धरान बस्ने ४३ वर्षीय राकेश परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय १० मिलिग्राम सहित मेचीनगर नगरपालिका–६ भानुटोल बस्ने २४ वर्षीय नविन दर्नाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्साको वीरगंज महानगरपालिका–१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित बहदुरामाई नगरपालिका–६ गमहरिया टोल बस्ने २९ वर्षीय बिरजु साह तुरहालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना.२१ प ३५८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
ललितपुरको ललितपुर महानगरपालिका–२८ समल टोल डेरा गरी बस्ने काभ्रे बेथानचोक गाउँपालिका–५ घर भएका २८ वर्षीय सुमन तामाङलाई नियन्त्रित लागूऔषध नोर्फिन ३३ एम्पुल, फेनारगन ३३ एम्पुल र डाईजेपाम ३३ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।