शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक आज

मंगलबार, बैशाख २२ २०८३

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्दैछ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको बोर्डको पहिलो बैठक आज मङ्गलबार दिउँसो ३ बजे बस्ने तय भएको हो।

बैठक ललितपुरस्थित बिपी स्मृति भवन मा आयोजना हुने छ।

पार्टीले बैठकमा अनिवार्य उपस्थित हुन बोर्डका सदस्यहरूलाई निर्देशनसमेत दिएको जनाएको छ।