बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

५२ प्रतिशतले बढ्यो हिमालयन बैंकको खुद मुनाफा

मंगलबार, बैशाख १५ २०८३

काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले खुद नाफामा उल्लेख्यरुपमा बढेको छ । चालु आवको नौ महिनासम्म बैंकले ७६ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ५० करोड रुपैयाँको तुलनामा ५२ दशमलव ४९ प्रतिशतले बढी हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ११ दशमलव ८७ प्रतिशतले घटेर छ अर्ब ८३ करोड २१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी सात अर्ब ७५ करोड २४ लाख रुपैयाँ रहेको थियो । यसैगरी कुल सञ्चालन आम्दानी पनि आठ दशमलव ५७ प्रतिशतले घटेर आठ अर्ब ३२ करोड ८८ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष नौं अर्ब १० करोड ९५ लाख रुपैयाँ थियो । बैंकमा निष्क्रिय कर्जा अनुपात सात दशमलव ६८ प्रतिशतबाट बढेर सात दशमलव ९८ प्रतिशत पुगेको छ, जसले कर्जा गुणस्तरमा दबाब बढेको संकेत गर्छ । समिक्षा अवधिमा बैंकले तीन खर्ब ३८ अर्ब १८ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ३१ अर्ब ४१ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २६ अर्ब १९ करोड १२ लाख रुपैयाँ सञ्चिति रहेको छ।